नेपालको सेन्ट लरेन्स दोश्रो



नेपालको सेन्ट लरेन्स स्कुल प्रथम दक्षिण एसियाली टार्गेटबल च्याम्पियनसिपमा उपविजेता बनेको छ । महिला टोली दोश्रो भएको हो ।

नेपाल टार्गेटबल संघ तथा अन्तर्राष्ट्रिय टार्गेटबल महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिलामा बंगलादेशले उपाधि जित्यो भने भारत तेश्रो भयो । पुरुषमा पनि बंगलादेशले उपाधि हात पा¥यो । भारत दोश्रो तथा पाकिस्तान तेश्रो भए ।

विजेतालाई अन्तर्राष्ट्रिय टार्गेटबल महासंघका अध्यक्ष सोनु शर्मा, सेन्ट लरेन्स स्कुल/कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

चावहिलको डाउनटाउनमा भएको तीनदिने प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, पाकिस्तान र श्रीलंका गरी ६ राष्ट्रको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्