आज नयाँ प्रधानमन्त्रीमा केपी ओली नियुक्त हुँदै



काठमाडौं । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा आइतबार नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नयाँ प्रधानमन्त्री नियुक्त हुँदैछन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबार (असार २८)को बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भइसकेको छ।

प्रधानमन्त्रीले विश्वासको मत गुमाए लगत्तै शुक्रबार साँझा राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गरे लगत्तै नेपाली कांग्रेस र एमालेले ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष प्रस्ताव पेश गरिसकेका छन्।

असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपालको संविधानको धारा ७६ ९२० बमोजिम प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्‍न ५ बजेसम्मको समय दिएका छन्। ओली बाहेक अन्य कुनै पनि दलले प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गर्ने सम्भावना नभएकाले आज नै ओली प्रधानमन्त्री नियुक्त हुने नेताहरुको दाबी छ।

प्रतिक्रिया दिनुहोस्