जब २० वर्षीय युवकले ट्रम्पलाई गोली हाने…..



वासिङ्टन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० वर्षीय युवकले गोली हानेको खुलेको छ ।

थोमस मथ्यु क्रुक्स नामका २० वर्षीय युवकले आइतबार आयोजित चुनावी र्‍यालीका क्रममा ट्रम्पलाई गोली हानेको पुष्टि अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई)ले गरेको छ ।

बीबीसीका अनुसार चुनावी र्‍यालीलाई सम्बोधन गरिरहेका ट्रम्पलाई गोली हान्ने ती युवकको नाम एफबीआईले सार्वजनिक गरेको हो ।

एफबीआईले ती युवकको पहिचानका लागि डीएनए र बायोमेट्रिक्स परीक्षण गरिएको थियो ।

एफबीआईका अनुसार क्रुक्स पेन्सिल्भेनियाको बेथेल पार्कका बासिन्दा थिए । उनी आफ्नो निवासबाट ७० किलोमिटर टाढा भएको चुनावी र्‍यालीमा पुगेर ट्रम्पमाथि गोली हानेका थिए ।

पेन्सिलभेनियामा चुनाव प्रचारका क्रममा हानिएको गोली ट्रम्पको कानलाई छुँदै गएको थियो । गोलीले कान र नजिकको भागमा लागेपछि ट्रम्प रक्ताम्य भएका थिए । गोली लागेलगत्तै अस्पताल लगिएका ट्रम्प अहिले सुरक्षित छन् ।

एफबीआईले यस प्रकरणमा जाँच चलिरहेको बताएको छ । यो प्रकरणमा ती युवकलाई सघाउने तथा अन्य संलग्न भएकोबारे खोजी भइरहेको एफबीआईले जनाएको छ ।

ट्र्म्पमाथ गोली चलाइएपछि पुलिस र एफबीआईको तर्फबाट आयोजित पत्रकार सम्मेलनमा घटनाको विस्तृत विवरण दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्