काठमाडौं । नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
उनलाई आइतबार ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ ९२ं० अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको बताइएको छ ।
उनले कांग्रेस एमालेका १ सय ६६ जना सांसदको समर्थनमा प्रधानमन्त्रीको दाबी पेस गरेका थिए ।