काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत डा.पोखरेलले दिएको राजीनामा राष्ट्रपतिले मंगलबार स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सरकारको प्रमुख कानुनी सल्लाहकारका रुपमा रहने महान्यायाधिवक्ता पदबाट पोखरेलको राजीनामासँगै अब प्रधानमन्त्री केपी शर्मा ओलीले आफूअनुकुलको नियुक्त गर्न सक्ने छन् ।
पोखरेललाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको सिफारिसमा २०७९ पुस १६ गते महान्यायाधिवक्ता नियुक्त गरिएको थियो ।