खेलकुद मन्त्रीलाई राखेप कर्मचारी संघको बधाई



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई बधाइ दिएको छ ।

कर्मचारी संघका अध्यक्ष सरस्वती केसी, महासचिव कुमार बस्नेतलगायतका पदाधिकारीले सिंहदरबारस्थित कार्यकक्षमा खेलकुद मन्त्री चौधरीलाई भेट गरी बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए । सो अवसरमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङको पनि उपस्थिति रहेको थियो ।

सो अवसरमा खेलकुद मन्त्री चौधरीले खेलकुदको विकास लागि सबै मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिदै यस विषयमा सरोकारवाल सबैसंग छलफल गर्ने बताए ।

अध्यक्ष केसी र महासचिव बस्नेतले पूर्व खेलकुद मन्त्री डिगबहादुर लिम्बू र सदस्य–सचिव घिसिङको अथक प्रयासबाट लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा सम्भव भएको जानकारी गराउदै कर्मचारी विनियमावली, आर्थिक विनियमावली र कर्मचारी संगठन, संरचना तथा व्यवस्थापन (ओ एन्ड एम सर्भे) तत्काल स्वीकृतिका लागि प्रकृया अगाडि बढाउन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्