मधेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने



जनकपुरधाम । मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । अर्थ मन्त्रालयसहित ४ मन्त्रालयको नेतृत्व गर्नेगरी कांग्रेस प्रदेश सरकारमा सहभागी हुन लागेको हो ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले कुरा मिलेपछि कांग्रेस सरकारमा सहभागि हुन लागेको पुष्टि गरे ।

उनले भने ‘कांगेसलाइ अर्थसहित चार मन्त्रालय दिने सहमति भएपछि कांग्रेस सहभागि हुन लागेको छ । आजै ५ बजे शपथ ग्रहण हुनेछ ।’

कांग्रेसबाट जनार्दन सिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सुनिलकुमार यादवले अर्थ मन्त्रालय, शेष नारायण यादवले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय र कौशलकिशोर रायले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्