महिला एसिया कप : यूएईले नेपाललाई दियो ११६ रनको चुनौती



काठमाडौं । नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स(यूएई)ले नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको छ ।

टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय १५ रन जोड्यो ।

कप्तान इन्दू बर्माले तीन विकेट लिइन् । उनले चार ओभरमा १९ रन खर्चिइन् । सबनम राई, कृतिका मरासिनी र कविता जोशीले पनि एक–एक विकेट हात पारे । यूएईका लागि छैटौँ नम्बरकी ब्याट्र खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन् ।

यसैगरी पाँचौँ नम्बरकी ब्याट्र कविसा एगोडेगले पनि २२ रन बनाइन् । समाइरा धरनिधरकाले १३ र कप्तान एसा ओजाले १० रन जोडे ।

यूएईका अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । यूएईले अतिरिक्त रुपमा केवल दुई रन पायो ।

प्रतिक्रिया दिनुहोस्