काभा यू–२० महिला भलिबल : नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्ने



काठमाडौं । काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्ने भएको छ । लिगको अन्तिम खेलमा श्रीलंकाले कीर्गिस्तानलाई ३–२ ले पराजित गरेपछि नेपालले सेमिफाईनलमा किर्गिस्तान प्रतिद्वन्दी पाएको हो ।

लिगमा अपराजित श्रीलंका ३ खेल जित्दै ८ अंक जोडेर शीर्ष स्थानमा रह्यो । दुई जित र एक हारबाट ५ अंक जोडेको किर्गिस्तान दोस्रो स्थानमा रहँदा एक जित र दुई हारको नतिजा निकालेको  नेपाल ३ अंकसहित तेस्रो र सबै तीन खेल हारेको घरेलु टोली माल्दिभ्स चौथो स्थानमा रह्यो ।

लिगमा पहिलो श्रीलंका र चौथो भएको माल्दिभ्सबीच पहिलो सेमिफाईनल हुनेछ भने दोस्रो भएको किर्गिस्तान र तेस्रो भएको नेपालबीच दोस्रो सेमिफाईनल हुनेछ ।

दुवै समिफाईनल खेल सोमबार हुनेछ । पहिलो सेमिफाईनल स्थानिय समय अनुसार ४ बजे हुनेछ । यस्तै नेपाल र कीर्गिस्तानबीचको दोस्रो सेमिफाईनल खेल राती स्थानिय समय ८ः३० तथा नेपाली समय अनुसार सवा ९ बजे सुरु हुनेछ ।

नेपाल लिग चरणमा कीर्गिस्तान विरुद्ध सोझो सेटमा पराजित भएको थियो । सेमिफाईनलमा नेपाल सामु त्यो हारको बदला लिने अवसर छ ।

प्रतिक्रिया दिनुहोस्