प्रभु बैंक र टिस्टुङ्ग रिसोर्टबीच सम्झौता



काठमाडौं । प्रभु बैँकका कर्मचारीहरू तथा ग्राहकलाई टिस्टुङ्ग रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

आज एक समारोहबीच सम्पन्न सम्झौतामा टिस्टुङ्ग रिसोर्टका सञ्चालक गोविन्द महर्जन, सन्त महर्जन र प्रभु बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्ट र मार्केटिङ म्यानेजर सविनशम्शेर राणाले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा उक्त रिसोर्टमा उपलब्ध सेवामा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

उक्त रिसोर्ट मकवानपुरको उत्तरी भेगमा अवस्थित रहेको छ भने काठमाडौं उपत्यकाबाट दक्षिण पश्चिमको भागसँग जोडिएको एक शान्त, सुन्दर र रमणीय ठाउँमा अवस्थित छ । विभिन्न जातजातीहरुको बसोवास रहेको यो स्थान समुद्री सतहबाट १७०३ मी.उचाइमा रहेको छ ।

‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंक नेपालभर ३०७ शाखा कार्यालयहरू, २८३ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढि ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्