लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ



लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

यस्तै, मुख्यमन्त्री आचार्यसहित ९ जना मन्त्रीले पनि पदको शपथ लिएका छन् । मन्त्रीहरुलाई कुनै मन्त्रालय तोकिएको छ ।

मन्त्रीको शपथ लिनेमा नेपाली कांग्रेसबाट दाङका प्रचण्डविक्रम न्यौपाने, प्युठानका सरोज थापा, बाँकेका बादसाह कुर्मी र गुल्मीका धनेन्द्र कार्की छन् ।

यस्तै, एमालेका रुपन्देहीका भूमीश्वर ढकाल, पाल्पाका खेमबहादुर सारू, गुल्मीका दिनेश पन्थी र दाङकी सीता चौधरी शर्माले शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्