रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय वनस्थलीमा बिहान ११ बजे बस्ने बताइएको छ ।

आजको बैठकामा पार्टीको गतिविधि, आन्तरिक रणनीति, विधान संशोधन कार्यदल पुनर्गठन, पार्टीका विभागहरुलाई पूर्णता, पार्टीको प्रदेश र जिल्ला तहका समितिमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने लगायतका विषयमा छलफल हुने केन्द्रीय सदस्य सन्तोष परियारले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्