परराष्ट्रमन्त्रीसँग श्रीलङ्काली राजदूतको शिष्टाचार भेट



काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि श्रीलङ्काली राजदूत सुदर्शना पाथिरनाले शिष्टाचार भेट गरेका छन् ।  

बिहीबार परराष्ट्र मन्त्रालयस्थित मन्त्री डा राणाको कार्यकक्षमा भएको सो भेटका क्रममा दुई देशको आपसी हित तथा नेपाल–श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्