काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक बिहीबार राष्ट्रिय सभामा पेश भएको छ । बुधबार प्रतिनिधिसभाको बैठकबाट सर्वसम्मतिले पारित विधेयकलाई सरकारले राष्ट्रिय सभामा लगेको हो ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक,२०८१ पारित गरेको थियो ।
बिहीबार बसेको बैठकमा राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले विधेयक पारित भएकोबारे प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी सहित टेबुल गराएका हुन् ।