हेटौंडा । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा दोलखाका शुकदेव काफ्ले नियुक्त भएका छन् ।
दोलखाको तामाकोशी गाउँपालिका-३ निवासी काफ्लेलाई आइतबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा १६० उपधारा (२) बमोजिम प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईंले जानकारी दिए ।
२५ वर्षदेखि निरन्तर कानुन व्यवसायीको रुपमा काम गर्दै आएका काफ्लेले यसअघि पूर्वकानुन तथा न्यायमन्त्री भीमबहादुर तामाङ र पूर्वमहिला तथा समाज कल्याणमन्त्री लिला कोइरालाको सल्लाहकारसमेत भएर काम गरिसकेका छन् ।