काठमाडौं । गौरापर्वमा नेताहरु विरुद्ध नाराबाजी भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित भएका छन् ।
प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति देउवा लगायतका शीर्ष नेता उपस्थित टुँडिखेलमा आयोजित कार्यक्रममा उनीहरु विरुद्ध नाराबाजी भएको थियो । नेताहरु विरुद्ध नाराबाजी गर्नेहरुलाई देउवाले भने, ‘जति गर्ने हो गर्नुस् । जति कराउने हो, कराउनुस् ।’
कार्यक्रममा उपस्थित भएकाहरुलाई देउवाले लाज छैन भन्दै जंगिए । ‘कार्यक्रम बिथोल्ने, लाज छैन । यही हो नेपालको चलन ? यही हो सिकेर आएको ?’ गौरापर्व खेल्न र हेर्न आएकाहरुलाई कार्यक्रम बिथोल्नेहरुले असर पारेको उनले बताए ।