ओजस लामाको स्वरमा‘सपना’ सार्वजनिक



काठमाडौं । गायक ओजस लामाको स्वरमा रहेको ‘सपना’ बोलको गीत सार्वजनिक भएको छ

‘द व्इल्ड’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा अडियोको सम्पूर्ण जिम्मा सोही च्यानललाई दिइएको छ। गीतसँगै भिडियो पनि तयार पारिएको छ ।

ओजस लामाको शब्द तथा संगीतमा रहेको गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ । आफनी प्रेमीका लाई डाडाँमा घर बनाएर आफनो सपनाको संसारमा राख्न गायक आतुर रहेका छन ।

सन्तोष तामाङको छायाँकन , सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । गीतमा भिडियो मास्टरिङ विजय राज भुर्तेलले गरेका छन । गीतको भिडियोमा ओजस लामा र अस्विनी श्रेष्ठको फिचरिङ देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्