शिभाली कम्बोडिया जाने



टेनिस खेलाडी शिभाली गुरुङ प्रतियोगिता र हाइ पर्फमेन्स तालिममा सहभागी हुन सोमबार कम्बोडिया जाने भएकी छन् ।

शिभाली पहिले सेप्टेम्बर ४ देखि ७ तारिखसम्म हुने एटीएफ यु–१४ हाइ पर्फमेन्स तालिममा सहभागी हुने  छिन् । त्यसपछि जीएसपीडीपी एसियन यु–१४ जुनियर टेनिस प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्ने छिन् । प्रतियोगिता सेप्टम्बर ९ देखि १३ तारिखसम्म हुनेछ ।

अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) र एसियाली टेनिस महासंघ (एटीएफ) को स्वीकृतिमा हुन लागेको प्रतियोगिता र तालिम टेनिस कम्बोडियाले आयोजना गर्न लागेको हो ।

शिभालीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र सदस्य अजय विष्टले सफलताको शुभकामना दिदै आइतबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस्