ज्ञानोदय सेमिफाइनलमा



आयोजक ज्ञानोदय बालवाटिका ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

खोकनास्थित घरेलु कोर्टमा ज्ञानोदयले ओएसिस्लाई ५५–४७ ले पराजित ग¥यो । ज्ञानोदयको जितमा दिपेश शाहीले २५ अंक योगदान गरे । ब्वाइजमै मनीष गुरुङको १५ अंक सहयोगमा पुष्पसदनले रेडियन्ट पब्लिकलाई ५५–३९ ले हराउदै सेमिफाइनलमा पुग्यो ।

गल्र्समा एनसीसीएसले मल्पी इन्टरनेसनललाई २९–२३, रेडियन्ट पब्लिकले एसएसएसभीएमलाई ४३–२३, द चाँदबाग स्कुलले रातो बंगलालाई २३–२० र रिब्सले पाठशालालाई १७–११ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । एनसीसीएसकी दिवा महर्जनले १४, रेडियन्टकी दिब्यान्शा कार्कीले २५, चाँदबागकी आश्रिया पराजुलीले १२ र रिब्सकी सुजिना लामाले ८ स्कोर गरे ।

प्रतिक्रिया दिनुहोस्