गृह सचिवमा गोकर्णमणि दुवाडी



काठमाडौं। सरकारले गृह सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीलाई दिएको छ । बिहीबार साँझ बसेको बसेको मन्त्रिपरिषद बैठकले दुवाडीलाई गृह सचिवमा सरुवा गर्ने निर्णय गरेको हो ।

उनी हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तरगतको राष्ट्रिय तथ्यांक कार्यालयमा सचिव छन् । यसअघिका गृह सचिव एकनारायण अर्याललाई गत १३ भदौको मन्त्रिपरिषद बैठकले मुख्यसचिव नियुक्त गरेपछि गृहसचिव पद रिक्त छ ।

गत १३ साउनमा सरकारले दुवाडीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा गरेको थियो ।

गृहसचिव बन्न प्रशासनका धेरै सचिवहरु दौडधुपमा थिए । बिहीबारको मन्त्रिपरिषद बैठकमा पनि गृह सचिव नियुक्तिबारे छलफल भएको थियो । तर, टुंगो लागेको थिएन । प्रधानमन्त्रीले गृहमन्त्री रमेश लेखकले छलफल गरेर टुंग्याउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्