रणवीर सिंह र दीपिका पादुकोणलाई पुत्रीलाभ



काठमाडौं । बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंहलाई पहिलो सन्तान लाभ भएको छ । उनीहरुको घरमा छोरीको आगमन भएको छ । गणेश चतुर्थीको एक दिनपछि दीप(वीर जोडीले पुत्रीलाभ गरेको हो ।

व्यथाले च्यापेपछि दीपिकालाई शनिबार दिउँसो मुम्बईको गुरगाउँ क्षेत्रस्थित एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो । यसअघि ६ सेप्टेम्बरमा दीपिका बाप्पाको दर्शन गर्न सिद्धिविनायक मन्दिर पुगेकी थिइन् । दीपिकाले यसैवर्ष फेब्रुअरी २८ मा सामाजिक सञ्जालमार्फत गर्भावस्थाको घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्