१३ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार १३.०९ अंकले घटेको छ । नेप्से ०.४९ प्रतिशतले घटेर २६३२.९४ विन्दुमा आएको छ ।

मंगलबार ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार बराबरको १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर किनबेच भएको छ ।

आज नेप्से घट्दा ६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज १३ वटा समूहमध्ये होटल एण्ड टुरिज बराबरको भएको छ भने ट्रेडिङ समूह ०.७९ प्रतिशतले बढेर ३ हजार ७२८.६० विन्दुमा आएको छ ।

त्यस्तै वाणिज्य बैंक ०.११ प्रतिशतले, विकास बैंक ०.६९ प्रतिशतले, फाइनान्स ०.९९ प्रतिशतले, हाइड्रो ०.७१ प्रतिशतले, लगानी ०.५३ प्रतिशतले, जीवन बीमा ०.७६ प्रतिशतले, उत्पादन ०.६८ प्रतिशतले, लघुवित्त ०.९१ प्रतिशतले, म्युचुअल फण्ड ०.३० प्रतिशतले निर्जीवन बीमा ०.४० प्रतिशतले र अन्य समूह ०.४४ प्रतिशतले घटेको छ ।

आज ३२८ वटा कम्पनीको शेयर ९३ हजार ४५९ पटक किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्