नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलाडीको व्यक्तित्व विकासलाई लक्षित गरी तालिम आयोजना ग¥यो ।
एकदिने तालिमको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे ।
अन्तर्राष्ट्रिय खेलाडी तथा सम्भावना भएका खेलाडीहरुलाई प्रशिक्षण दिएको आयोजक संघका अध्यक्ष दिपक श्रेष्ठले जनाएका छन् । विभिन्न दश खेलका ५० जना खेलाडी सहभागी थिए ।
तेक्वान्दो, कराते, बक्सिङ, उसु, जुडो, भलिबल, कुस्ती, कबड्डी, पौडी र भारोत्तोलन संघसंग आवश्यक समन्वय तालिम सञ्चालन गरिएको संघले जनाएको छ । खेलाडीहरुलाई मिस नेपालदेखि अनुभवी सन्चारकर्मीहरुले व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण दिएका थिए ।