७८ अंकले बढ्यो नेप्से परिसूचक



काठमाडौं । साताको अन्तिम शेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ हजारको विन्दुबाट निरन्तर ओरालो लागेर २५०० विन्दुको नजिक पुगेर फेरी बजार फर्किएको छ ।

बिहीबार नेप्से ७८.१७ अंकले बढेसँगै अब नेप्से बढ्ने चर्चा सुरु भएको छ । आज नेप्से २.९९ प्रतिशतले बढेर २६८८.३८ विन्दुमा पुगेको छ । आज प्रि(ओपन सेसनमा १५ अंकले बढेर सुरु भएको बजार खुलेको केही समयमै तल झरेको थियो । बजार तल झरेको भएपनि २६०० तल भने बजार आएन । १२ बजेर ११ मिनेटबाट निरन्तर उकालो लागेको शेयर बजार बजार बन्द हुँदा भने २६८८ विन्दुमा आएर रोकिएको थियो । दुई पटक बजार तल झर्न खोजेको भएपनि खरिदकर्ता हाबी भएकाले गर्दा बजार तल भने झर्न सकेको देखिएन ।

आज दिनभरमा ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँको भएको छ । आज १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर किनबेच भएको छ । आज शेयर बजारमा उछाल आउँदा २२९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज ३१८ वटा कम्पनीको शेयर १ लाख ३ हजार ४६२ पटक किनबेच भएको छ । आज म्युचुअल फण्ड समूह बाहेक सबै समूहमा हरियाली छाएको छ । आज म्युचुअल फण्ड समूह ०.०९ प्रतिशतले घटेर २१.५६ विन्दुमा आएको छ ।

आज सबैभन्दा बढी हाइड्रो समूहमा उछाल आएको छ । आज उक्त समूह ४.२४ प्रतिशतले बढेर ३ हजार ३१८.९८ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम ट्रेडिङ समूह ०=६३ प्रतिशतले बढेर ३ हजार ७५८.६३ विन्दुमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्