माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।

दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बैठक बोलाइएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार पछिल्लो राजनीतिक अवस्था, संसद्को कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

सत्ता पक्षले उपसभामुख इन्दिरा रानालाई हटाउने मनसायले तयारी अगाडि बढाएको अवस्था त्यसबारे धारणा बनाउन पनि माओवादी आन्तरिक छलफलमा जुट्न लागेको हो ।

यस्तै आज साँझ प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्

प्रतिक्रिया दिनुहोस्