आरआरए बास्केटबलको क्वाटरफाइनल समीकरण पूरा



रेडियन्ट रिडर्स एकेडेमीको आयोजनामा जारी प्रथम आरआरए उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण शनिबार पूरा भएको छ । ब्वाइज र गल्र्स दुवैको क्वाटरफाइनल समीकरण तयार भयो ।

ब्वाइजमा एलआरआईले ज्ञान निकेतन, सेन्ट जेभियर्सले ओएसिस्, राराहिलले भ्याली पब्लिक तथा पुष्पसदनले विल्सन एकेडेमी विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

गल्र्सको क्वाटरफाइनल सेन्ट मेरिज ‘ए’ र काठमाडौं शिक्षालय, रेडियन्ट पब्लिक र राराहिल, भ्याली पब्लिक र द एक्सेल्सियर स्कुल तथा सेन्ट मेरिज ‘बी’ र इनोभेटिभबीच हुनेछ ।

सानेपास्थित आयोजकको कोर्टमा भइरहेको प्रतियोगिता आइतबार सम्पन्न हुनेछ । रेडियन्ट रिडर्सको २५ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्