यु–१९ फुटसलमा नेपालको जित



नेपालले दक्षिण एसियाली फुटसल प्रतियोगिताको यु–१९ ब्वाइजमा शनिबार ४ खेलमा जित हात पारेको छ । नेपालको ‘ए’ र ‘बी’ टिमले समान २–२ जित निकालेका हुन् ।

नेपाल विद्यालय खेलकुद महासंघ र प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपाल ‘ए’ ले बंगलादेशलाई ५–२ तथा भारतलाई १८–१ गोलले पराजित ग¥यो । सातदोबाटोस्थित आयोजक प्रिमियरको हातामा भएको प्रतियोगितामा नेपाल ‘बी’ ले भारतलाई १३–१ त्था बंगलादेशलाई ८–२ गोलअन्तरले हरायो ।

प्रतियोगिताको पूर्व शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा आयोजक महासंघका अध्यक्ष विनोद श्रेष्ठ, महासंघका महासचिव एवं अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्की, प्रिमियरकी एकेडेमिक डाइरेक्टर प्रविना थापा, आयोजक महासंघका उपाध्यक्ष मोहन कार्कीलगायतको उपस्थिति रहेको थियो ।

बंगलादेश विद्यालय खेलकुद महासंघ र दक्षिण एसियाली विद्यालय खेलकुद महासंघको सहयोगमा भएको प्रतियोगिताको ब्वाइजमा नेपालको २ सहित ४ टिम सहभागी छन् । गल्र्सको यु–१७ मा नेपालको २ सहित ३ टिम सहभागी छन् । राउन्ड रोविन लिगमा शीर्ष २ स्थान हात पार्ने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्