हिमाल श्रेष्ठ र शान्तिश्रीको मायाँ युकेको सार्वजनिक



काठमाडौं । गायक हिमाल श्रेष्ठले आफ्नो नयाँ लोक दोहोरी भाका यतिबेला बजारमा ल्याएका छन् । गायक हिमाल श्रेष्ठले यो गीतको भिडियोलाई आफ्नै युट्युव च्यानलबाट रिलिज गरेका छन् । उनले आफु र शान्तिश्री परियारको युगल स्वरमा नयाँ गीत ‘मायाँ युकेको…’ भिडियो दर्शकमाझ ल्याएका हुन् ।

गीत र भिडियोले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको गायक हिमालले बताएका छन् । भिडियोलाई बिहिबार रिलिज गरिएको हो । यो गीतलाई तीलक बस्नेतले लेखेका हुन् । गीतमा संगीत पनि तिलककै रहेको छ । मुम्बईको कैलास स्टुडियो मास्टिरिङ गरिएको यो गीतलाई समिर कार्कीले रेकर्डिङ र नरेन्द्र बियोगीले संगीत संयोजन तथा मिक्सिङ गरेका हुन् ।

भिडियोमा चीज गुरुङ र निशा मगर र साथीहरुको नृत्य छ । मायाँ युकेको भिडियोलाई रामकुमार केसीले छायाँकन गरेका हुन् । जसमा टेकेन्द्र शाहको सम्पादन र निर्देशन छ । हिमालको गीत मायाँ युकेकोको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ । यो गीतसँगै भिडियो पनि नृत्यप्रधान छ ।

प्रतिक्रिया दिनुहोस्