माओवादी जनताको बीचमा स्थापित हुँदै गएको छ : वर्षमान पुन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले आफ्नो पार्टीप्रति पछिल्ला दिनमा जनताको आकर्षण बढेको दाबी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिवङ्गत नेता पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले माओवादी जनताको बीचमा थप स्थापित हुँदै गएको र आकर्षण बढेको बताए ।

माओवादी केन्द्रको विषयमा चिन्ता नगर्न र सङ्ख्या नतोक्न आग्रह गर्दै पूर्वमन्त्री समेत रहेका नेता पुनले आगामी दिनमा आफूहरु थप सबल र सक्षम बन्ने विश्वास व्यक्त गरे । नेपाली जनतालाई मूर्ख नठान्न र नहेप्न सबैप्रति उनले सचेत गराए ।

आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले लोकतन्त्रको सर्भिसिङ र रि–ब्राण्डिङ गर्न सुरु गरेको, सुशासनका पक्षमा प्रभावकारी कदम चालेको नेता पुनको कथन थियो ।

प्रतिक्रिया दिनुहोस्