५० अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । साताको पहिलो शेयर बजार ५० अंकले घटेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा पुगेको छ । नेप्से १.८८ प्रतिशतले घट्दा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार रुपैयाँ बराबरको रहेको छ ।

प्रि-ओपन सेसनमा करिब १० अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयदेखि नै उकालो लागेको थियो । १ बजेट ४४ मिनेटसम्म बढेको बजार त्यसपछि भने विक्रीकर्ता हाबी भएर बजार घट्यो ।

बजार घट्न सुरु भएपछि पनि २ पटक बजार माथि उठ्न खोजेको भएपनि बिक्रीकर्ता हाबी भएका कारण बजार माथि जान सकेन र बजार बन्द हुँदा ५० अंकको गिरावट आयो ।

आज ३२४ कम्पनीको शेयर कारोबार हुँदा २४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आइतबार २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता शेयर १ लाख १९ हजार ७३९ पटक किनबेच भएको छ । आज ४ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । थ्री स्टार हाइड्रोको शेयर मूल्य भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

आइतबार १३ वटा समूहमध्ये सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी होटल एण्ड टुरिजम समूह ३.६८ प्रतिशतले घटेर ६ हजार ५७५.४२ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम ट्रेडिङ समूह ०.९० प्रतिशतले घटेर ३ हजार ७२४.६० विन्दुमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्