संघीय संसद्को चालु अधिवेशन आज रातिदेखि अन्त्य



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को चालु अधिवेशनको अन्त्य गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिस अनुसार सोमबार राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गरेका हुन् ।

यसअघि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्