ज्ञान निकेतन र भ्याली पब्लिकलाई उपाधि



ज्ञान निकेतन र भ्याली पब्लिकले प्रथम आरआरए उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ज्ञान निकेतन ब्वाइज तथा भ्याली पब्लिक गल्र्समा च्याम्पियन बने ।

रेडियन्ट रिडर्स एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ज्ञान निकेतनले पुष्पसदनलाई १७–९ ले पराजित ग¥यो । ओएसिस् तेश्रो भयो ।

रेडियन्ट रिडर्सको २५ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताको गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले रेडियन्ट पब्लिकलाई १६–९ ले हरायो । सेन्ट मेरिज तेश्रो बन्यो । दुवै समूहका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

ब्वाइजमा ज्ञान निकेतनका आशालाल श्रेष्ठ तथा गल्र्समा भ्याली पब्लिककी लोरिशा गौचन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, रेडियन्टका संस्थापक प्रिन्सिपल डीके ढुंगाना र स्कुल डाइरेक्टर लक्ष्मी न्यौपाने, ललितपुर महानगरपालिका वडा २ का अध्यक्ष राजेश महर्जन, नेबिको प्रा.लि. प्रबन्ध निर्देशक अरुण पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १८ गरी ५० टिमको सहभागिता रहेको रेडियन्टका इसीए इन्चार्ज राजेन्द्र कपालीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्