तेक्वान्दोकर्मी सम्मानित



ज्यापु समाज यलले पेरिस पारालिम्पिक– २०२४ की ऐतिहासिक कांस्य विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ ।

सोही अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामा र तेक्वान्दो प्रशिक्षक रिमोन महर्जनलाई पनि सम्मान गरिएको थियो ।

प्रशिक्षकका रुपमा लामाले अन्तर्राष्ट्रिय पारा तेक्वान्दोमा नेपाललाई विभिन्न ११ पदक दिलाएका छन् । अन्तर्राष्ट्रिय लेभल– १ प्रशिक्षक महर्जनले खेलाडीका रुपमा विभिन्न प्रतियोगितामा ५ स्वर्ण जितेका छन् ।

उनीहरुलाई समाजको ३१ औं वार्षिक साधारण सभा तथा ११ औं महाधिवेशनको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा पत्रसहित सम्मान गरे ।

प्रतिक्रिया दिनुहोस्