नेपाल र बंगालदेश च्याम्पियन



नेपाल ‘ए’ र बंगलादेशले दक्षिण एसियाली युथ फुटसल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । नेपाल ब्वाइज यु–१९ तथा बंगलादेश गल्र्स यु–१७ मा च्याम्पियन बने ।

नेपाल विद्यालय खेलकुद महासंघ र प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलद्वारा संयुक्त आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा नेपाल ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ५–३ गोलले पराजित ग¥यो । नेपाल ‘ए’ का सारंश पुरी सर्वाधिक गोलकर्ता, नेपाल ‘ए’ कै सुगत श्रेष्ठ उत्कृष्ट गोलरक्षक र नेपाल ‘बी’ का विल्सन उत्कृष्ट खेलाडी घोषित भए ।

सातदोबाटोस्थित प्रिमियरमै भएको गल्र्सको उपाधि भिडन्तमा बंगलादेशले नेपाललाई ३–२ गोलले हरायो । बंगलादेशकी किटिङ त्रिपुरा सर्वाधिक गोलकर्ता, बंगलादेशकै माहलाथुइ मार्मा उत्कृष्ट गोलरक्षक र नेपालकी सराह वज्राचार्य उत्कृष्ट खेलाडी चुनिए ।

विजेतालाई पूर्व सांसद् विनोद श्रेष्ठ, अखिल नेपाल फुटबल संघका महासचिव किरण राई, आयोजक महासंघका महासचिव एवं अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

बंगलादेश विद्यालय खेलकुद महासंघ र दक्षिण एसियाली विद्यालय खेलकुद महासंघको सहयोगमा भएको दुईदिने प्रतियोगिताको ब्वाइजमा ४ तथा गल्र्समा ३ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्