निसर्गद्वारा उपाधि रक्षा



साविक विजेता निसर्ग वाटिकाले २० औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिताको उपाधि आइतबार जितेको छ । सर्वाधिक १४४ अंक बटुल्दै निसर्गले उपाधि रक्षा ग¥यो ।

हात्तीवनस्थित आयोजक लिटिल एन्जल्स (एलए) स्कुलको पौडी पोखरीमा भएको प्रतियोगितामा १ सय ११ अंकसाथ जेम्स दोश्रो भयो । तेश्रो स्थानको लिङ्कनले ८२ अंक बटुल्यो ।

विजेतालाई ललितपुर उपमहानगरपालिकाकी उप मेयर मन्जली शाक्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत  गरे । दुईदिने प्रतियोगितामा ७८ विद्यालयका ३ सय ८९ खेलाडीको सहभागिता रहेको एलएका प्रिन्सिपल मुकुन्दराज शर्माले जनाएका छन् । प्रतियोगितामा ५० स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्