आईटिएफ महासंघको २७ औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको २७औं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ ।
लाजिस्पाटस्थित सम्पदा गार्डेनमा प्रवीणकुमार कार्कीको अध्यक्षतामा २७औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सदस्य डा. सशांक कोइरालाले उक्त साधारणसभाको उद्घाटन गरेका थिए ।

सो अवसर देशले सफलता पाउन तीन तहकै सरकारले खेलकुद क्षेत्रलाई सहयोग गर्नुपर्ने धारणा राखे । कार्यक्रममा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ पूर्वअध्यक्ष एवम् एसिया आईटिएफका कार्यकारी सदस्य अन्जन धमला, नेपाल राष्ट्रिय मार्सल आटर््स गेम्स कमिटीका महासचिव रूपसिं मोक्तान र नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि देवेन्द्र घर्ति मगरको उपस्थिति रहेको थियो ।

बन्द सत्रमा अध्यक्ष प्रवीणकुमार कार्कीको वार्षिक तथा सांगठानिक प्रतिविदेन पास भएको थियो । साधारणसभाले महासंघका कोषाध्यक्ष विक्रम बाठा मगरको आर्थिक प्रतिवेदन  पनि सर्वसम्मत पास ग¥यो । कार्यक्रममा महासचिव घम बहादुर थापाले आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । उक्त साधारणसभामा कुल ९१ जना प्रतिनिधिले सहभागिता जनाएका थिए ।
सो अवसरमा महासंघले यसै वर्ष अन्तर्राष्ट्रिय अम्पायर कोर्ष आयोजना र देशका विभिन्न ठाउँमा समय अनुकुल राष्ट्रिय प्रतियोगिता गर्ने लगायत विभिन्न कार्यक्रम समेत प्रस्तुत गरेको छ ।

महासंघका अध्यक्ष कार्कीले नेपाललाई विश्व माझ पहिचान दिलाउन सबैभन्दा उत्तम माध्यम खेलकुद रहेको उल्लेख गर्दै राज्यले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् । विश्वलाई नै एकै ठाउँमा उभ्याउन खेलकुद बाहेक कुनै क्षेत्रले नसक्ने भन्दै उनले खेलकुदको माध्यमबाट देशले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नुपर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्