राजनीतिक स्थिरताका लागि सबै दलको सहमतिमा संविधान संशोधन गर्छौं : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सबै दलको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म संविधान संशोधनको माध्यमबाट पनि गर्न सक्ने भन्दै यसका लागि सबै दलहरुबीच सहमतिको अधिकतम प्रयास गरिने स्पष्ट पारे ।

संविधान संशोधन भनेको लिखत र मर्म अनुसार नभएका वा बाधा पुगेको ठाउँमा परिवर्तन गर्नु र विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गर्नु भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले सहअस्तित्व र आपसी सद्भाव एवं पारम्पारिक सहयोग नै सबै जातजाति, भाषाभाषी, वर्ग, वर्ण र समुदायबीचको एकताको आधार भएको बताए ।

उनले भने, संविधानले नागरिकका मौलिक अधिकारलाई प्रत्याभूत गरेको र ती अधिकार कार्यान्वयनका लागि सरकारले आवश्यक नीति र कानुन तर्जुमा गर्न जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्