काठमाडौं आइपुगे श्रीलंकाली पूर्वराष्ट्रपति राजापाक्षे



काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे काठमाडौं अवतरण गरेका छन् ।

उनी भुटानबाट ड्रुक एयरको जहाज मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको काठमाडौंस्थित श्रीलकंन दूतावास स्रोतले पुष्टि गरेको छ । भुटान भ्रमण सकेर राजापाक्षे नेपाल आएका हुन् ।

उनी व्यक्तिगत रुपमा लुम्बिनी भ्रमणका लागि नेपाल आएको स्रोतले बतायो । उनले नवलपरासीको शास्वतधामस्थित बुद्धिस्ट सेन्टरको भ्रमण गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ । भ्रमणको व्यवस्थापन नेपालस्थित श्रीलंकाली दूतावासले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्