प्रदीप र बोरिस क्वाटरफाइनलमा



प्रदीप खड्का र बोरिस अधिकारी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा प्रदीपले प्रणव वैद्यलाई ६–१ र ६–० तथा बोरिसले युगेन शेर्पालाई ४–६, ६–३ र ४–० (रिटायर्ड हर्ट) ले पराजित गरे । सोही स्पर्धामा निहालजंग बहादुर थापाले मुकिम थापालाई ६–० र ६–०, सक्षमविक्रम शाहले निजेज महर्जनलाई ७–६(३) र ६–२, प्रणव खनालले वृजेश अर्याललाई ६–३ र ६–०, प्रणव मानन्धरले देवआशिष रेउलेलाई देवआशिष रेउलेलाई ६–२ र ६–२, राजवीर प्रधानले आयुशमान हजुर घलेलाई ५–७, ७–५ र ६–० तथा निसान श्रेष्ठले मिलन रोकायालाई ६–४ र ६–१ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

महिला सिंगल्समा अभिलाषा विष्टले प्रकृति श्रेष्ठलाई ६–२ र ६–२, स्वस्तिका विष्टले प्राज्ना मानन्धरलाई ६–४ र ६–०, आइसा डोल्कर गुरुङले प्रशंसा मोक्तानलाई ६–४ र ६–४ तथा सुनिरा थापाले जेनी खड्कालाई ६–२ र ६–४ को सोझो सेटमा पाखा लगाउदै सेमिफाइनलमा पुगे ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार, रमेश रोकाया, छेवाङ लामा, मनबहादुर कटुवाल, कमलबहादुर भण्डारी, जिन मन किम, महेश श्रेष्ठ र जितेन्द्र परियार क्वाटरफाइनलमा पुग्न सफल भए । ३५ वर्षमाथि पुरुष सिंगल्समा इलम दीक्षित, कुशलराज पाण्डे, भीष्मजंग गुरुङ, सिमान्त गुरुङ, छोमविक्रम शाह र सन्तोष खत्रीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । ५५ वर्षमाथि पुरुष सिंगल्समा सुनिल गुरुङले क्वाटरफाइनल यात्रा तय गरे ।

पुरुष डबल्समा प्रदीप खड्का र युगेन शेर्पा, प्रणव खनाल र सक्षमविक्रम शाह तथा निहालजंग बहादुर थापा र आयुशमान हजुर घलेको जोडीले सेमिफाइनलमा स्थान पक्का गरे ।

प्रतिक्रिया दिनुहोस्