काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा



आयोजक काष्ठमण्डप विद्यालय ‘ए’ दोश्रो काष्ठमण्डप कपअन्तर्गत फुटसलको जुनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मण्डिखाटारस्थित आफ्नै हातामा भएको खेलमा काष्ठमण्डप ‘ए’ ले टीआईएलाई २–१ गोलले पराजित ग¥यो । क्वाटरफाइनलमा काष्ठमण्डप ‘ए’ को भेट द एक्सेल्सियर स्कुलसंग हुनेछ । अन्य क्वाटरफाइनल रातो बंगला र मिल्सबेरी, द चाँदबाग स्कुल र टीआईए तथा एनसीसीएस र विल्सनबीच हुनेछ ।

सिनियर ब्वाइजमा पनि क्वाटरफाइनल समीकरण पूरा भएको छ । चेल्सी वल्र्ड स्कुलले काष्ठमण्डप ‘बी’, एक्सेल्सियरले र काठमाडौं प्रज्ञाकुञ्ज, एलआरआईले र विल्सन तथा काष्ठमण्डप ‘ए’ ले जोन डेवी विरुद्ध प्रतिस्पर्धा गर्ने छन् । सिनियर गल्र्समा भने सेमिफाइनल समीकरण तयार भएको छ । काष्ठमण्डपले जोन डेवी तथा काठमाडौं वल्र्ड स्कुलले टीआईको सामना गर्ने छन् ।

बास्केटबलको ब्वाइजमा एनबीएफएले काष्ठमण्डप ‘बी’ लाई २८–१०, बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) ले रातो बंगलालाई ३४–१३, एलआरआईले एक्सेल्सियरलाई ४९–४३ र क्याम्पियनले मिल्सबेरीलाई ३६–२० ले पराजित   गरे ।

गल्र्समा काष्ठमण्डप ‘ए’ ले बीआईएसलाई २४–२०, एलआरआईले जोन डेवीलाई १६–४ र एनसीसीएसले एक्सेल्सियरलाई २३–१४ ले हराए ।

प्रतिक्रिया दिनुहोस्