प्रशान्ती एकेडेमीले दशै विषेश कार्यक्रम आयोजना गर्दै



काठमाडौं । प्रशान्ती एकेडेमीले दशै विषेश कार्यक्रम आयोजना गर्दै छ । नेपालीहरुको महान पर्व बडादशैं, शुभ दीपावली, नेपाल संवत, छठ पर्व नजिकिंर्दै गर्दा आफ्ना विद्यार्थीलाई चाडपर्वको धार्मिक र सांस्कृतिक महत्व बुझाउन एकेडेमीले दशैं विशेष कार्यक्रम आयोजना गर्ने भएको हो ।

बडादशैंको धार्मिक आयाम तथा महत्व बारेमा स्पष्ट पार्नका लागि जमरा राख्ने, टीका लगाउने जस्ता विभिन्न क्रियाकलापहरु आयोजना गरिनेछ भने अन्य चाडपर्वहरुको महत्व बुझाउन विशेष कक्षा समेत संचालन गरिनेछ ।

काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिकामा रहेका विद्यालयहरुमध्ये गुणस्तरीय शिक्षाका लागि लोकप्रिय मानिने यो प्रशान्ति शिक्षा सदनले कला, संस्कृति, रीतिरिवाज, चाडपर्वहरुबारे आफ्ना विद्यार्थीहरुको ध्यानाकर्षण बढाउन र चाडपर्वको महत्व दर्शाउने उद्देश्य राखेर चाडपर्व विशेष कार्यक्रम आयोजना गरिएको जानकारी दिएको छ ।

प्रशान्ति एकेडेमी बोर्डका कार्यकारी निर्देशक मुरारी भण्डारीले स्कूलले अतिरिक्त क्रियाकलाप सहितको गुणस्तरीय शिक्षामा जोड दिदैं आएको बताए । आफ्ना विद्यार्थीहरुलाई पूर्वीय संस्कृति तथा चाडपर्वको महत्व बारे अझ प्रकाश पार्न र चाडपर्वप्रति रुचि बढाउन दशैं विशेष कार्यक्रम आयोजना गर्न लागिएको कार्यकारी निर्देशक भण्डारीले जानकारी दिए ्र

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नंं.१२ कपन, मुस्कान चोकमा रहेको प्रशान्ति शिक्षा सदनले नगरपालिका भित्र रहेका विद्यालयहरुमाझ रहेको आफ्नो अलग पहिचानलाई कायम गर्दे आफ्ना शैक्षिक गतिविधिहरुलाई निरन्तर अघि बढाइरहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्