खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित सडकखण्डमा ठूलो पहिरो झरेको छ।
शुक्रबार मध्यान्ह १२ बजेको समयमा हलेसी तुवाचुङ नगरपालिका–१० बर्खेटारस्थित मध्यपहाडी लोकमार्ग सडकखण्डमा करिब ४० मिटरमाथिबाट पहिरो झरेको हो ।
उक्त पहिरोले सडकको करिब २० मिटर खण्ड पुरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
पहिरोले सडक अवरुद्ध हुँदा दुईतर्फ यातायात ठप्प भएको छ । अहिले पहिरो झरेको स्थानमा प्रहरी पुगिसकेको छ।
प्रहरीका अनुसार सडक खुलाउन स्थानीय तह र सडक विभागसँग समन्वय भइरहेको छ ।