अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा कुर्सी हानाहान !



काठमाडौं । नयाँ नेतृत्वलाई लिएर नेकपा मा‌ओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा विवाद बढ्दै गएको छ ।

काठमाडौंको कीर्तिपुरमा जारी राष्ट्रिय सम्मेलनको बन्दसत्रमा उमेरहदको विषयलाई लिएर क्रान्तिकारी फरक फरक समूहबीच हानाहान भएको हो ।

अखिल क्रान्तिकारीमा नयाँ नेतृत्वका लागि दीपेश पुन, पवन कार्की र नरेश रेग्मीसहितका विद्यार्थी नेताहरू दौडमा छन् ।

यस्तोमा उनीहरूलाई माओवादीका कुनै न कुनै पदाधिकारीले साथ दिएका छन् । गुटगत विवाद बढ्दै जाँदा क्रान्तिकारीको सम्मेलनस्थल कीर्तिपुरमा उमेर हदको विषयलाई लिएर दुई समूहबीच कुटाकुट भएको हो ।

प्रतिक्रिया दिनुहोस्