काठमाडौं । एभरेस्ट इन्जिनियरिङ कलेज (इइसी) सानेपा ललितपुरमा यो वर्षदेखि एमई (माष्टर्स इन इन्जिनियरिङ) कार्यक्रम सुरु गर्ने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी स्नातकोतर तहमा माष्टर्स अफ कम्युटर इन्जिनियरिङको पढाई सुरु गर्न लागेको जनाएको हो । नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्राडा पदमबहादुर शाहीले एमई कार्यक्रमको एक समारोहवीच उदघाटन गरे ।
कार्यक्रममा बताइए अनुसार कोर्स दुई वर्ष (चार समेष्टर)को हुनेछ । २४ वर्षदेखि इन्जिनियरिङको पढाई गरिरहेको कलेजले पहिलो पटक यो वर्षदेखि एमई कार्यक्रम सुरु गर्न लागेको कार्यक्रममा बताइयो ।
कार्यक्रममा कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अरुणकुमार भण्डारीले समग्र देशको आइटी क्षेत्रलाई अगाडि वढाउन कोर्स सुरु गर्न लागेको जनाए । यसले देशलाई चाहिने विद्यार्थी स्वदेशबाट उत्पादन हुने विश्वास उनले गरे । कोही विद्यार्थी पढ्न चाहन्छ भने आर्थिक अभाबबाट पढन नपाउने वातावरण नहुने वचन उनले दिए । श्रृण अथवा के गर्न सकिन्छ वन्दोवस्त गरी पढन चाहने विद्यार्थीलाई पढने वातावरण वनाइदिने उनले वचन दिए ।
कार्यक्रममा कलेजका प्रिन्सिपल इन्जिनियर विरोध रिजालले प्रत्येक वर्ष देशभरका इन्जिनियरिङ कलेजहरुबाट दस हजार इन्जिनियरहरु उत्पादन हुने गरेको तथ्यांक प्रस्तुत गर्दै उत्कृष्ट (टप लेभल)का विद्यार्थी उत्पादन गर्नुपर्नमा जोड दिए । भाइस प्रिन्सिपल इन्जिनियर राजन लामाले अनुसन्धान केन्द्रित, राष्टिय अन्तर्राष्टिय क्षेत्रमा विक्ने आइटीका विद्यार्थीको उत्पादनमा जोड दिए । कार्यक्रममा कलेजका एमई कार्यक्रम संयोजक प्राडा श्याम किरात राईले एमई कार्यक्रमकाबारेमा जानकारी गराएका थिए ।
कार्यक्रम दुई चरणमा भएको थियो । दोश्रो चरणमा एकेडेमिक इनोभेसन इन इन्डष्टी विषयमा सेमिनार भएको थियो । सेमिनारमा प्राडा सुवर्ण शाक्य र इन्जिनियर संगीता शर्माले प्रस्तुतीकरण गरेका थिए । कार्यक्रमको क्रममा अन्तरक्रियासमेत भएको थियो । कार्यक्रममा अतिथि तथा कि नोट स्पिकरहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।