धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता फेरि स्थगित



काठमाडौं । धितोपत्र बोर्डको नयाँ अध्यक्षका लागि शुक्रबार निर्धारित अन्तर्वार्ता स्थगित भएको छ ।

यसअघि बोलाइएका तीनैजना अनुपस्थित हुँदा रोकिएको अन्तर्वार्ता उनीहरूसहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी पनि अनुपस्थित हुँदा फेरि स्थगित भएको हो ।

छनौट समितिका अध्यक्षसमेत रहेका अधिकारी अर्थमन्त्रालयमा तोकिएको अन्वार्तास्थलमा अनुपस्थित भए ।

त्यसैगरी अन्तर्वार्ताका लागि सर्टलिस्टमा रहेका तीनैजना उम्मेदवार पनि शुक्रबार अर्थमन्त्रालय पुगेनन् । त्यसपछि दोस्रो पटकको अन्तर्वार्ता तालिकामा पनि स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्