चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र सभापति रवि लामिछाने निर्दोष नै रहेको बताएका छन् ।
आइतबार चितवनको भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सहकारी छानबिन प्रतिवेदनले नै लामिछानेलाई दोषी नदेखाएको बताएका छन् ।
लामिछाने जोडिएको गोर्खा मिडिया नेटवर्कसम्बन्धी केही विषयमा भने सरकारले अनुसन्धान गर्न सक्ने उनले बताए ।
प्रचण्डले आफूले भनेर लामिछानेलाई पक्राउ गर्ने वा नगर्ने नहुने जिकिर गरे । लामिछानेलाई ‘क्लिन चिट’ दिन अदालत नै तयार नभएको कुरा आफूले सुनेको उनले बताएका छन् ।
त्यस्तै, प्रचण्डले सहकारी छानबिन समिति गठनको विपक्षमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै अहिले प्रधानमन्त्री भएकाले सहकारी ठगी प्रकरणमा दोषीलाई कारबाही गर्न कसैले नरोकेको धारणा राखे ।