गौशालाको धर्मशाला खाली गर्न पुग्यो महानगरको टोली



काठमाडौं । पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन काठमाडौं महानगरपालिकाको टोली पुगेको छ । वडा नम्बर ८ का वडाध्यक्ष आशमान संगत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली धर्मशाला पुगेको हो ।

महानगर प्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार आज १० बजेसम्म गौशालाको धर्मशाला खाली गर्न मंगलबार नै माइकिङ भएको थियो ।

लगत्तै वडाध्यक्ष सहितको टोली पुगेपछि मारवाडी सेवा समितिका सदस्यहरुले विरोध गरेका छन् ।

‘आज महानगरपालिकाले बोर्ड राख्न नगर प्रहरी सहितको टोली गौशाला पुग्दा उहाँहरुले विरोध गरिहरनुभएको छ’, प्रहरी उपरीक्षक अर्यालले भने, ‘सम्झौता भइसकेकाले खाली गरेर महानगरले सञ्चालन गर्छ ।’

प्रतिक्रिया दिनुहोस्