पक्राउ पुर्जी जारी गरेपछि रविले भने : ‘तपाईंको हातमा करोड पर्ने घडी , मेरो हातमा चाहिँ हतकडी ?’



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको चर्को आलोचना गरेका छन् ।

प्रहरीले पक्राउ गर्न अदालतबाट अनुमति लिएपछि लामिछानेले केपी शर्मा ओली नेतृत्व सरकारको आलोचना गर्दै केही प्रश्न गरेका छन् । ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’ उनले प्रश्न गरेका छन्, ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी , मेरो हातमा चाहि हतकडी ?’

उनले प्रधानमन्त्री ओलीको नाम नलिईकनै प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लमखुल्ला लिएको जिकिर गर्दै सोधेका छन्, ‘मैले ठगीको आरोप खेपिदिनुपर्ने ?’

प्रतिक्रिया दिनुहोस्