हमासद्वारा नेता याह्या सिनवारको मृत्यु भएको पुष्टि



दोहा । प्यालेस्टिनी सशस्त्र समूह हमासले शुक्रबार गाजामा इजरायली सेनाद्वारा आफ्नो नेता याह्या सिनवारको हत्या भएको पुष्टि गरेको छ । इजरायलले उनको मृत्युको घोषणा गरेको एक दिनपछि हमासले पुष्टि गरेको हो ।

ुहामी महान नेता, शहिद भाइ, याह्या सिनवार, अबु इब्राहिमको शोक मनाउँछौँ,ु कतारस्थित हमासका अधिकारी खलिल अल–हय्याले अल जजिराद्वारा प्रसारित रेकर्ड गरिएको भिडियो वक्तव्यमा भनेका छन् ।

सन् २०२३ अक्टोबर ७ को आक्रमणपछि सिनवार इजरायलको सबैभन्दा खोजिएको व्यक्ति बन्नुभएको थियो । हमासको आक्रमण इजरायली इतिहासमा सबैभन्दा घातक थियो ।

वक्तव्यमा हय्याले गाजामा युद्ध समाप्त नभएसम्म हमासले आक्रमणका क्रममा इजरायलबाट कब्जा गरेका बन्धकहरूलाई रिहा नगर्ने बताए । ुगाजामा हाम्रा मानिसहरू विरुद्धको आक्रमण नरोकिएसम्म बन्धकहरू फर्कने छैनन्,ु उनले इजरायललाई गाजाबाट फिर्ता हुन र इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न आह्वान गर्दै भने ।

हमासले सिनवारको हत्याबाट शक्ति लिने भन्दै हय्याले ‘हमासले उनलाई उनीभन्दा अघिका आन्दोलनका नेताहरू र प्रतीकहरू’ मध्ये राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्