रवि लामिछाने पक्राउको विरोधमा रास्वपा कार्यकर्ता सडकमा



काठमाडौं । सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि रास्वपा कार्यकर्ताले सरकारले राजनीतिक प्रतिशोधका लागि पक्राउ गरेको भन्दै विरोध जनाएका हुन् ।

रास्वपा नेता, कार्यकर्ता र समर्थकको ठूलो संख्या माइतीघर मण्डलको सडकमा भेला भएका छन् । उनीहरुले सरकार र प्रधानमन्त्री विरुद्ध पनि नाराबाजी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्